सप्तरीमा एमालेको झण्डा जलाउनेले सकारे कसूर

banner

बर्दिवास, १२ फागुन । सप्तरीमा जिल्लाको महादेवा गाउँपालिका भगवतपुरमा एमालेको भण्डा र ब्यानर जलाउनेले आफ्नो कसूर स्वीकार गरेका छन् । गत ८ गते उनले अपशब्द बाल्दै झण्डा र ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

ती ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका वडा नं। ५, भगवतपुर निवासी ३१ वर्षीय हरि नारायण मण्डल रहेका छन्।

​प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलेको र झण्डा जलाएको स्वीकार गरेपछि उनलाई हिरासतमा लिइएको हो। घटना गत फागुन ६ गते राति ९ बजेतिर भगवतपुरमा घटेको प्रहरीले जनाएको छ।

​हाल पक्राउ परेका मण्डलमाथि ‘सार्वजनिक शान्ति विरुद्धको कसूर’मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार