इङ्ल्याण्ड टी २० विश्कपको सेमिफाइनलमा

banner

काठमाडौं, १३ फागुन । इङ्ल्याण्ड भारत र श्रीलंकामा जारी टी २० विश्कपको फाइनलमा पुगेको छ । मंगलबार भएको सुपर ८ चरणको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङल्याण्डले सेमिफाइनलको यात्रा तय गरेको हो । सुपर ८ कै चरणको यसअघिको खेलमा इङ.ल्याण्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको थियो ।

मंगलबारको खेलमा पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले १९।१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेले । ५० बल खेलेका उनले १० चौका र ४ छक्काको मद्दतले १०० रन जोडे । यस्तै, विल ज्याक्सले २६, साम करनले १६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका शाहिन साह अफ्रिदीले चार विकेट लिए । उस्मान तारिकले र मोहम्मद नवाजले दुई दुई विकेट लिए ।

त्यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो । ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले । साथै बाबर आजम र फखर जमानले समान २५–२५ रनको योगदान दिए। सादाब खानले २३ रन बनाए ।

इंग्ल्यान्डका लागि लियाम डासनले ३ विकेट लिए । जोफ्रा आर्चर र जेमी ओभरटनले समान २–२ विकेट लिए। आदिल रशीदले १ विकेट लिए । एक ब्याटर रनआउट भए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार