राजा सडकमा निश्किन्छन्, थुनेर देखाउ –प्रसाईँ

banner

बर्दिवास, १३ फागुन । मेडिकल व्यवसायी दुर्गाा प्रसाईले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति दिएका छन् । प्रसाईलाई हिजै(मंगलबार) अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीको प्रकृया पुरा गरेर उनी आज( बुधबार) रिहा भएका हुन ।

आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर अहिले राजाले नै चुनाव हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको उनले बताए ।

‘मलाई थुन्ने ठाउँमा मैले श्रीमानलाई पनि भनेँ, राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो, राजसी शैलीमा । चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ त्यो, त्यो काठमाडौँको सिडिओको ? के लोकतन्त्रमा बोल्न पाइँदैन ?’

आफ्नो हातमा हातमा देश आयो भने पहिला आरजु देउवालाई ल्याएर थुन्ने उनले दावी गरे ।

‘आरजुपछि केपी ओलीलाई ल्याएर थुन्छु । सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउन जसले प्लान ग¥यो त्यसलाई पनि ल्याएर थुन्छु,’ उनले भने ।

‘राजाका अगाडि बाबाको दुहाइ भन्छन् । अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले राजा पनि अब बाटोमा निस्किने कुरा सुनेको छु । राजा बाटोमा निस्किँदाखेरि नि, विदेशी सेना आयो भन्न सक्दिनँ, होइन भने नेपाली सेना, नेपाली पुलिस र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार