सुपर ८को समूहमा शिर्ष स्थानमा रहँदै दक्षिणअफ्रिका सेमिफाइनलमा

खेलकूद

काठमाडौं, १७ फागुन । दक्षिण अफ्रिकाले टी–२० विश्वकपको आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ। टोलीले समूह–१ को अंक तालिकामा शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सुपर आठ सकायो।

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

जवाफमा दक्षिण अफ्रिकाले १७।५ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४२ रन बनाए। जिम्बाब्वेका सिकन्दर रजाले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनले ब्याटिङतर्फ पनि ७३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। तर, उनको प्रयासले टोलीलाई जित दिलाउन भने सकेनन्।

अबको केहीबेरमै भारत र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन्। भारतले टस जितेर पहिले फिल्डिङ रोजेको छ। यो खेल नकआउट चरण सरह रहेको छ। विजेता टोलि सेमिफाइनलमा पुग्दा हार्ने टोलि बाहिरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार