इरानसँगको युद्धमा अमेरिकाको कति क्षति ?

banner

तेहरान, १८ फागुन । अमेरिकी एफ –१५ लडाकु विमान आफूले खसालेको इरानले दावी गरेको छ । जसले मध्यपूर्वमा त्रास वातावरण पैदा भएको छ । यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन सैनिकको मृत्यु भएको स्वीकार गरेका छन्। थप पाँच जना घाइते भएका छन्। यी सैनिकहरू कुवेतको रसद इकाईका हिस्सा थिए। इरानले कतार, बहराइन र युएईका आधारहरू सहित मध्यपूर्वमा रहेका २७ अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेर बदला लिएको दाबी पनि गरेको छ। यद्यपि, यी आक्रमणहरूबाट भएको क्षतिको अवस्था हाल अज्ञात छ।

चिनियाँ विश्लेषकहरूले कम हताहत र क्षति भएको अमेरिकी दाबीमाथि प्रश्न उठाएका छन्। चिनियाँ पत्रकार हु जिङले शीतयुद्ध पछि अमेरिकामाथि भएको आक्रमणमा यो सबैभन्दा बढी क्षति भएको दाबी गरेका छन्। इरानले द्वन्द्वको समयमा केही अमेरिकी नौसेना जहाजहरूलाई निशाना बनाएको दाबी गरेको छ, तर अमेरिकाले यो दाबीलाई अस्वीकार गरेको छ। स्वतन्त्र स्रोतहरूले यो दाबीको पुष्टि गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार