
बर्दिवास, १९ फागुन । महिलाकाअनुसार समयसंगै दुवै पुरुष उनको जीवनको अंग मात्र बनेनन् परिवारको जिम्मेवारी पनि बोक्न थाले । त्यसैकारण महिलाका परिबारले पनि बिबाहको अनुमति दिए ।
जाडोको यो मौसममा तपाईले पनि कतिपय बिबाह समारोहमा उपस्थिति जनाउनु भयो होला । वरवधुलाई आशिर्वाद र शुभकामना पनि दिनु भयो होला । के तपाईले कल्पना गर्नु भएको छ, जुन बिबाहको निम्ता मान्न तपाई जादैं हुनुहुन्छ त्यहाँ एउटा बेहुलीसंग दुई बेहुला मण्डपमा बसेको देखे के सोच्नु हुन्छ ?
तपाईलाई यो देखेर हासो उठन सक्छ । तर अहिले इन्टरनेटमा यस्तै एउटा बिबाह भाइरल भइरहेको छ । एउटा मण्डपमा एउटी बेहुलीले दुई बेहुलासंग बिबाह गरेकी छन् , जसलाई देखेर मानिस हैरान छन् ।
यो घटना थाइल्याण्डको हो । थाइल्याण्डकी ३७ वर्षीय डुआनडुआन केत्सारोले एक बिबाह समारोहमा दुई अष्ट्रियाई पुरुषसंग बिहे गरिन् । यो बिहे निकै चर्चामा छ । डुआनडुआन एक गायक र गीतकार हुन् । बिबाह कुनै तडकभडक बिनाको सामान्य परम्परागत थियो भने बिहेमा नजिकका नातेदार र साथीहरू उपस्थित थिए ।
जानकारीकाअनुसार उनको भेट पहिले अष्ट्रियाका रिटायर्ड पुलिस अफिसर रोमन से संग भयो । समयसंगै दुवैको सम्वन्ध गाढा हुँदै गयो र यो पाँच वर्ष चल्यो । त्यसपछि उनको भेट मैकी नामका युवकसंग भयो र दुवै एकअर्कालाई माया गर्न थाले । डुआनडुआनका अनुसार उनले नयाँ सम्वन्धलाई कहिल्यै लुकाइन् न हतारमा कुनै निर्णय लिइन् । बिहेअघि तीनै जना बसेर भविष्यको बारेमा खुलेर छलफल गरे ।
डुआनडुआनले बिहेअघि आफ्ना बाबुआमा र छोरीहरूसंग सल्लाह गरिन् । उनको पहिलेको बिबाहबाट तीन छोरी र नाति नातिनी छन् । संगीत क्षेत्रमा सफल नभएपछि परिवारको पालनपोषणमा उनलाई कठिनाई हुन थाल्यो र अन्य काम गर्न गर्न थालिन जसले उनको भेट पहिले रोमन तथा पछि मैकीसंग भयो जुन अहिले बिबाहमा परिणत भइसकेको छ । उनकाअनुसार अहिले बाबुआमा र बच्चाहरू खुसी रहेको छन् । (हिन्दुस्तान टाइम्सबाट)
