banner

काठमाडांै ,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापाले पदबाट राजीनामा दिने भएका छन् । निर्वाचनमा पार्टी पराजयको जिम्मा आफूले लिनुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।
यता, उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन र सुझबुझपूर्ण निर्णय लिन सुझाएका छन् । भेटमा थापाले भने( ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अतः म राजीनामा दिन्छु ।’
