रास्वपाले पुर्याएन प्रतिनिधिसभामा दुई तिहाई, यस्तो सिट संख्या

banner

बर्दिवास, २७ फागुन । प्रतिनिधि सभाको प्रतक्ष्य तथा समानुपातिकको मतगणना सकिएको छ । प्राप्त परिणामा अनुसार प्रतक्ष्यतर्फ रास्वपाले १२५ सिट प्राप्त गर्दा दोश्रोमा नेपाली कांग्रेसले १८, नेकपा(एमाले)ले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रमसंस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले १ सिटमा जित निकालेका छन् । समानुपातिकमा यी दलले पाएको मतको हिसावले रास्वपाले ५७, कांग्रेसले २०, एमाले १६, नेकपा ९, श्रमसंकृति र राप्राले ४–४ सिट पाउने भएका छन् ।

यसरी हेर्दा रास्वपाको प्रतक्ष्यमा १२५ र समानुपातिकमा ५७ सिट जोडदा १५२ सिट संख्या मात्र पुग्ने हुन्छ । दुई तिहाई पुग्नका लागि १८४ पुग्नु पर्ने हुन्छ । दुई सिटले गर्दा रास्वपा दुई तिहाईबाट वञ्चित भएको छ । यस पटकको निर्वाचनमा स्वतन्त्रबाट विजयी सांसद महाविर पुन १ जना मात्र भएकाले संविधान संशोधनलगायतका वाचा पुरा गर्न रास्वपाले पुराना भनिएका दलसंगै सहकार्य गर्नु पर्ने हुन्छ ।

यसरी हुन्छ सिट बाँडफाँड
यसपटक समानुपातिकतर्फको अन्तिम मतगणना १ करोड ७ लाख ३९ हजार ११५ रहेकोमध्ये भिन्न दलले निम्नानुसार मत प्राप्त गरेका छन् ।
रास्वपा ः ५१३९२३५ (४७.८६ प्रतिशत)
कांग्रेस ः १७४९५८३ (१६.२९ प्रतिशत)
एमाले ः १४४८८५४ (१३.४९ प्रतिशत)
नेकपा ः ८०५७७३ (७.५० प्रतिशत)
श्रम संस्कृति ः ३७८६४९ (३.५३ प्रतिशत)
राप्रपा ः ३२९४७२ (३.०७ प्रतिशत)
थ्रेसहोल्ड भन्दा कम
जसपा ः १७४३१७ (१.६२ प्रतिशत)
जनमतः ७८९७३ (०.७३ प्रतिशत)

समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा ६ वटा दलले ३ प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेको देखिन्छ । सातौँ नम्बरमा रहेको जसपा र त्यसभन्दा थोरै मत प्राप्त गर्ने दलको त्योभन्दा कम प्रतिशत हुन आउँछ । त्यसैले ६ वटा दलले प्राप्त मतलाई मात्रै यो बाँडफाँटका लागि गणना गरिन्छ ।

अब तीन प्रतिशत मत कटाउने ६ दलले पाएको कुल मत जोडौँ । यो ९८ लाख ५१ हजार ५६६ हुन आउँछ । यो मतलाई कुल समानुपातिक निर्वाचनको कुल सिट संख्या ११० ले भाग गर्दा ८९ हजार ५६० मत हुन आउँछ । यसरी आउने अंकलाई ‘भाजक’ भनिन्छ ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरे अनुसार ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ । पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ ।

यहाँ रास्वपाले पाएको ५१,३९,२३५ मतलाई भाजक (८९५६०) ले भाग गर्दा ५७.३६ आउँछ । यस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ भने ३४,३१५ मत बाँकी रहन्छ ।

त्यसैगरी, कांग्रेसले पाएको १७,४९,५८३ मतले उल्लेखित भाजक अनुसार १९ सिट प्राप्त गरी ४७,९४३ मत बाँकी रहन्छ ।

एमालेले पाएको १४,४८,८५४ मतले सोही भाजक अनुसार १६ सिट प्राप्त गरी १५,८९४ मत बाँकी रहन्छ ।

नेकपाले पाएको ८,०५,७७३ मतले भाजकले भाग गरेर हेर्दा ८ सिट प्राप्त गरी ८९,२९३ मत बाँकी हुन्छ ।

श्रम संस्कृति पार्टीको ३,७८,६४९ मतलाई भाजकले भाग गरेर हेर्दा ४ सिट प्राप्त गरी २०,४०९ मत बाँकी हुन्छ ।

राप्रपाको ३,२९,४७२ मतलाई भाजकले भाग गरेर हेर्दा ३ सिट प्राप्त गरी ६०,७९२ मत बाँकी हुन्छ ।

अब दलहरूले पहिलो चरणमा प्राप्त गरेको सिट जोडौँ । यसो गर्दा १०७ सिट हुन आउँछ । ११० मध्ये बाँकी ३ सिटलाई जुन दलको धेरै मत बाँकी रहेको छ त्यसमा मध्ये पहिलो क्रमबाट एक–एक सिट बाँडफाँट गर्दै जाने व्यवस्था छ ।

यहाँ बाँकी मतको अवस्था यस्तो छ ।

नेकपाः ८९,२९३
राप्रपाः ६०,७९२
कांग्रेसः ४७,९४३
रास्वपाः ३४,३१५
श्रम संस्कृतिः २०,४०९
एमालेः १५,८९४
यहाँ बाँकी ३ सिटमध्ये नेकपा, राप्रपा र कांग्रेसलाई १–१ सिट थपिने देखिन्छ । यस अनुसार समानुपातिकतर्फ रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेको १६ सिट, नेकपाको ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४र४ सिट प्राप्त गर्ने देखिन्छ ।

अनुसार आगामी संसदमा, रास्वपाको १२५ं+५७=१८२ सिट, कांग्रेसको १८ं+२०=३८ सिट, एमालेको ९ं+१६=२५ सिट, नेकपाको ८ं+९=१७ सिट, श्रम संस्कृतिको ३ं+४=७ सिट र राप्रपाको १ं+४=५ सिट आउने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार