इजरायली सेनाको ‘मनोवैज्ञानिक दबाब’ लेबनानमा आकासबाट पर्चा खसालियो

अन्तराष्ट्रिय

बेरुत, २९ फागुन । आज बिहान बेरुतको केन्द्रमा एउटा ठूलो विस्फोट भयो, तर सो विस्फोटमा बम नभई आकासबाट पर्चाहरु जमिनमा छरिए ।

पर्चामा लेबनानी जनतालाई सम्वोधन गरिएको थियो । ‘तिमीहरूले हिजबुल्लाहलाई निशस्त्र गर्नुपर्छ, यो इरानको ढाल हो। यदि तपाईं वास्तविक परिवर्तनको हिस्सा बन्न चाहनुहुन्छ र आफ्नो देशको समृद्धि र सुरक्षा चाहनुहुन्छ भने हामी तपाईंको कुरा सुन्न तयार छौं । त्यहाँ एक QR कोड दिइएको छ स्क्यान गर्नुहोस् ।’

लेबनानी सेनाले मानिसहरूलाई यसलाई स्क्यान नगर्न चेतावनी दिएको छ । ‘उसले लेबनानीलाई भर्ती गरेर जासुसी गर्न लगाउने प्रयास हो । यो इजरायलले लेबनानीहरूमाथि राख्न चाहेको मनोवैज्ञानिक दबाबको हो ।’

इजरायललेले परम्परागत हिज्बुल्लाहको गढ बाहिरका भवनहरूमा प्रहार गरिरहेका छन् । इजरायल लेबनानमा साम्प्रदायिक द्वन्द्व निम्त्याउन चाहन्छ भन्ने लेबनानी सेनाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार