मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु

banner

गोरखा,१ चैत । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

२ पुरुष र ५ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ पुरुष र ६ महिला घाइते छ । घाइते सबैको उपचारको लागि चितवन पठाइएको छ। मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार