गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

banner

काठमाडौं, १ चैत । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो ।

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार