ट्रम्पलाई इरानको जवाफ – हाम्रा विद्युत केन्द्रहरूमा आक्रमण भए मध्यपूर्वका सबै उर्जा केन्द्र खरानी बनाउछौं

banner

तेहरान, ८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले हर्मुजको जलडमरूम नखोलेमा इरानका विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएपछि त्यसको जवाफ दिदैं इरानले मध्यपूर्वका ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।

‘इरानी विद्युत केन्द्रहरूलाई लक्षित गरिएमा यस क्षेत्रका महत्वपूर्ण पूर्वाधार र ऊर्जा सुविधाहरू‘खरानीमा परिणत हुन सक्छन्’ इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार ‌एक्स मा लेखेका छन् ।

‘हाम्रो देशमा रहेका विद्युत केन्द्रहरू र पूर्वाधारहरूलाई लक्षित गरिए तत्काल सम्पूर्ण क्षेत्रका महत्त्वपूर्ण पूर्वाधारहरू साथै ऊर्जा र तेल पूर्वाधारहरूलाई निशाना बनाइनु हाम्रो अधिकार मानिनेछ र पूर्ण रूपमा नष्ट गरिनेछ,’ गालिबाफले पोस्ट गरेका छन् ।

शनिबार ट्रम्पले ४८ घण्टा भित्र हर्मुजको जलडमरूम नखोलेको खण्डमा अमेरिकाले इरानको विद्युत केन्द्रहरूलाई ‘ध्वस्त’ पार्ने बताएपछि गालिबाफको यो टिप्पणी आएको हो।

कालिबाफले भने ‘इरानका सुविधाहरूमा प्रहार भएमा क्षेत्रीय पूर्वाधार वैध लक्ष्य बन्नेछ, र यो बदलाले लामो समयको लागि तेलको मूल्य बढाउनेछ।’

यसअघि, इरानी सशस्त्र सेनाका प्रवक्ताले इरानको पावर प्लान्टमा आक्रमण भएमा यस क्षेत्रका सबै अमेरिकासँग सम्बन्धित ऊर्जा र डिसेलिनेशन सुविधाहरूमा ध्वस्त पारेर बदला लिने बताएका थिए।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा देशमाथि आक्रमण गरेदेखि हर्मुजको जलडमरूमलाई प्रभावकारी रूपमा नाकाबन्दी गरेको इरानले प्रमुख जलमार्ग अमेरिका र यसका सहयोगी बाहेक यो जल मार्ग कहिल्यै बन्द नभएको बताउदैं आएको छ ।

आइतबार प्रकाशित इरानी मिडिया रिपोर्टहरूमा अन्तर्राष्ट्रिय समुद्री संगठनका लागि इरानका प्रतिनिधिलाई उद्धृत गर्दै भनिएको छ ‘जलडमरूम इरानका शत्रुहरूसँग सम्बन्धित जहाजहरू बाहेक सबै ढुवानीको लागि खुला छ।’

विश्वव्यापी तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिको लगभग पाँचौं भाग ओगट्ने साँघुरो चोक पोइन्ट, स्ट्रेटको बन्दले १९७० को दशक पछिको सबैभन्दा ठूलो तेल संकट निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार