गार्सियास्थित अमेरिका–बेलायतको बेसमा मिसाइल प्रहार भएपछि युरोपभर त्रास र तरङ्ग

banner

लण्डन, ८ चैत । हिन्द महासागरको टापु डिएगो गार्सियामा अवस्थित संयुक्त राज्य अमेरिका(बेलायत सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएपछि बेलायतले ‘बौलाहा इरानी धम्की’ भनी निन्दा गरेको छ।

यद्यपि, इरानले अमेरिकी मिडियाहरूलाई यी दुई ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।

इरानबाट ४,००० किलोमिटर (२,५०० माइल) टाढा रहेको डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहार गरिएको बारेमा अमेरिकाले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गर्दा, उनीहरूको जसको एउटा लक्ष्य इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई कमजोर पार्नु थियो।

‘तेहरानले आफ्नो आणविक कार्यक्रम आफ्ना नागरिक उद्देश्यका लागि रहेको कायम राखेको छ’ संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था र अमेरिकी गुप्तचर प्रमुख तुलसी गब्बार्डले भनेका थिए ‘इरान आणविक बम बनाउने अवस्थामा छैन।’

के डिएगो गार्सिया एयरबेसलाई इरानले निशाना बनाएकै हो ?
अमेरिकी मिडियाका अनुसार बिहीबार राति र शुक्रबार बिहानको बीचमा ब्यालिस्टिक क्षेप्यास्त्रले डिएगो गार्सिया संयुक्त सैन्य बेसलाई निशाना बनाउने प्रयास भएको छ।

वाल स्ट्रिट जर्नल र सीएनएनका अनुसार एउटा क्षेप्यास्त्र उडानको बीचमै खसेको थियो भने अर्को युद्धपोतबाट प्रहार गरिएको अमेरिकी इन्टरसेप्टरले निशाना बनायो ।

इरान युद्धको बारेमा छलफल गर्न बेलायती मन्त्रीहरू लन्डनमा भेला हुनुभन्दा केही घण्टा अघि यो घटना भएको बताइएको छ। बैठकमा, बेलायतले अमेरिकालाई सामूहिक आत्मरक्षाको लागि आफ्नो सैन्य अड्डाहरू प्रयोग गर्न दिने सहमति जनाएको छ । बेलायतले होर्मुजको जलडमरूमा पानीजहाजमाथि आक्रमणमा भएमा आफ्नो सैन्य अड्डाबाट इरानी क्षेप्यास्त्र स्थलहरूलाई प्रहार गर्न दिनेमा बेलायतको सहमति हो ।

बेलायती अधिकारीहरूले डिएगो गार्सिया आक्रमणको प्रयासको कुनै विवरण दिएका छैनन् ।

दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका व्याख्याता मुहानद सेलूमलाई उधृत गर्दै अल जजीराले भनेको – डिएगो गार्सियामा इरानी आक्रमणले अमेरिकाको लागि युद्धको ूहिसाव उल्टाउँछ । ‘डिएगो गार्सियामा आक्रमण भएका यी क्षेप्यास्त्रहरूको अर्थ इरानसँग ४,००० किलोमिटरभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्रहरू छन् भन्ने पुष्टी हुन्छ । यो यसअघि देखिएको थिएन । यसअघि सबै समाचारहरूले इरानसंग २,००० किलोमिटर (ृ१,२४० माइल)े दायराको मात्र मिसाइल रहेको त्योभन्दा मथिको नभएको बताएका थिए’ सेलूमले भने।

‘यदि तपाईंले यी क्षेप्यास्त्रहरूको दिशा उल्ट्याउने हो भने, तिनीहरू लन्डन पुग्न सक्छन्, जसले गर्दा अमेरिका र युद्धमा सामेल हुन अनिच्छुक लन्डन र युरोपेली संघको लागि पनि हिसाव उल्टिन सक्छ।’

एक वरिष्ठ इरानी अधिकारीले अल जजीरालाई बताए कि तेहरान यो क्षेप्यास्त्र आक्रमणका लागि जिम्मेवार छैन।

यस महिनाको सुरुमा अमेरिकी प्रसारक एनबीसीसँगको अन्तर्वार्तामा, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरानसंग अमेरिकी भूभागमा पुग्न सक्ने क्षेप्यास्त्रहरू रहेको भन्ने दाबीलाई अस्वीकार गरेका थिए।

‘तपाईंलाई थाहा छ, हामीसँग क्षेप्यास्त्र उत्पादन गर्ने क्षमता छ, तर हामीले जानाजानी आफूलाई २००० किलोमिटरभन्दा कम दायरामा सीमित गरेका छौं किनभने हामी संसारमा अरू कसैबाट खतराको रूपमा महसुस गराउन चाहँदैनौं,’ अराघचीले मार्च ८ मा भनेका थिए।

चथम हाउसमा मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रमका सहयोगी फेलो अनीसेह बस्सीरी तब्रिजीले भने ‘आक्रमणको बारेमा इरानी अस्वीकार इरानीको प्रकृति र परिणाममा निर्भर गर्दछ।’

‘मलाई लाग्छ कि अस्वीकार इरानले अन्य मोर्चाहरूमा चालेका कदमहरू भन्दा फरक छ। इरानले आफूले गरेको आक्रमणलाई विरलै अस्वीकार गर्ने गरेकाजब आक्रमणमा नागरिक पूर्वाधार वा केही ग्यास प्लान्टहरूमा क्षति पुरेयाउँछ तब उनीहरू त्यसबाट पन्छछन्’ उनले अल जजीरालाई भने।

इरानले आक्रमणहरूलाई अस्वीकार गरेको छ, तब्रिजीको विश्वास छ कि ‘थप कारबाही वा प्रतिशोधलाई बढाउन हुन सक्छ। यसले अहिलेसम्म पार नगरेको रेड लाइन पार गरेको छ’ उनले भने।

‘डिएगो गार्सिया एयरबेसलाई लक्षित गर्नु धेरै संवेदनशील विषय हो, किनभने हामीलाई थाहा छ कि प्रहार गरिएका क्षेप्यास्त्रहरूको दूरी इरानले पहिले भनेको २,००० किलोमिटर भन्दा धेरै थियो । जबकी इरानले २००० किलोमिटरसम्मका मात्र रहेको भन्दै आएको थियो ।’

ूयसले इरानी क्षमतालाई २००० किलोमिटरभन्दा धेरै टाढा पुग्ने संकेत गर्छ, र त्यसैले, यो त्यस्तो चीज हो जसले थप चिन्ता र विशेष गरी बेलायतबाटसहित अन्य देशहरूबाट पनि प्रतिक्रिया निम्त्याउने सम्भावना छ,’ उनले भने ।

इजरायलले यसमा कस्तो प्रतिक्रिया दिएको छ ?
इजरायलका सैन्य प्रमुख, इयाल जामिरले दाबी गरे कि इरानले ⁠डिएगो गार्सियामा रहेको अमेरिकी–बेलायतको आधार शिविरलाई लक्षित गर्न ‘४,००० किलोमिटरको दायराको दुई–चरणको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र’ प्रयोग गरेको थियो।

एक भिडियो वक्तव्यमा, जामिरले भने– ूयी क्षेप्यास्त्रहरू इजरायलमा प्रहार गर्ने उद्देश्यले मात्र बनाइएका थिएनन्। यीनीहरूको दायरा युरोपका राजधानीहरूसम्म पुग्छ। बर्लिन, पेरिस र रोम सबै प्रत्यक्ष खतराको दायरा भित्र छन्।’

अमेरिकाको घनिष्ठ सहयोगी इजरायलले लामो समयदेखि इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमले खतरा निम्त्याउने बताउदै दशकौंदेखि अमेरिकालाई सैन्य हस्तक्षेप गर्न उक्साउदै आएको थियो । तर अमेरिकी प्रशासनहरूले लगाता इरानमाथि सैन्य हमला गर्ने इजरायली दबाबलाई अस्वीकार गरेका थिए । प्रतक्ष्य सैन्य हस्तक्षेपको सट्टा वाशिंगटनले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न व्यापक प्रतिबन्धहरू लगाएको थियो।

सन् १९७९ मा इरानी विद्यार्थीहरूले इरानमा रहेको अमेरिकी दूतावास कब्जा गरेको र त्यही वर्ष इरानी क्रान्तिपछि ६६ अमेरिकीहरूलाई बन्धक बनाएको केही समयदेखि वाशिंगटन र तेहरानबीच कूटनीतिक सम्बन्ध छैन।

सन् २०१५ मा, तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रतिबन्धलाई खुकुलो बनाउदै इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । तर इजरायलले त्यो ऐतिहासिक सम्झौताको विरोध गरेको थियो । ओबामापछि अमेरिकी राष्ट्रपतिमा आएका ट्रम्पले ओवामा गरेको सम्झौता रद्ध गर्दै इरानमाथि प्रतिबन्धहरू लगाए।

जुनमा, इजरायलको १२ दिने युद्धको समयमा इरानमा आक्रमण गर्न अमेरिकाले इजरायललाई साथ दियो। अमेरिकाले प्रमुख आणविक स्थलहरूमा आक्रमण गर्‍यो, र ट्रम्पले इरानी आणविक स्थलहरू ध्वस्त पारिएको दाबी गरे।

गत वर्षको अन्त्यतिर तेहरान र वाशिंगटनले आणविक मुद्दामा वार्ता सुरु गरे पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान विरुद्ध आफ्नो युद्ध अभिव्यक्ति जारी राखे । २०१५ को सम्झौता अन्तर्गत तेहरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न असफल भएकोमा नेतान्याहूले ओबामाको आलोचना गरेका थिए। तर तेहरानले मिसाइल कार्यक्रम आफ्नो देश र नागरिकको सुरक्षाका लागि भन्दै यस विषयमा कुनै वार्ता नहुने बताउदै आएको थियो । इरानले आफू आणविक हतियारको लोभमा नरहेको व्श्विास दिलाउने प्रयास गरी रह्यो ।

अर्को चरणको वार्ता निर्धारित गरिए तर यहीबीच अमेरिका र इजरायलले तीन हप्ता अघि इरानमाथि आक्रमण गरे, जसमा सर्वोच्च नेता अली खामेनीको मृत्यु भयो। सो वार्ताको मध्यस्थकर्ता ओमान ‘वार्ता सकारात्मक रहेको’ बताएको थियो।

विश्लेषकहरू भन्छन् –नेतान्याहूले ट्रम्पलाई युद्ध सुरु गर्न राजी मनाए, जुन संयुक्त राष्ट्र संघको बडापत्रको आक्रामकता निषेधको उल्लङ्घन भएको देखिन्छ।

उनीहरू भन्छन् –गाजामा जारी नरसंहारले इजरायल उत्साहित भएको छ किनभने उसलाई यो युद्ध अपराधको लागि कारवाही गरिएको छैन। इजरायली सेनाले ७२,००० भन्दा बढी प्यालेस्टिनीहरूलाई मारेको छ र गाजाको विशाल भागलाई ध्वस्त पारेको छ – जुन २० लाख भन्दा बढी प्यालेस्टिनीहरूको घर हो।

युद्ध अपराधको लागि नेतान्याहूलाई अन्तराष्ट्रिय अदालतद्वारा पक्राउ वारेन्ट जारी गरिएको छ, तर त्यसले उनलाई बारम्बार अमेरिका यात्रा गर्नबाट रोकेको छैन।

नेतान्याहूको मन्त्रिपरिषद्का धेरै वरिष्ठ सदस्यहरूले खुलेआम ‘ग्रेटर इजरायल’ को लागि आह्वान गरेका छन्, जसले इराकको नाइल नदीदेखि युफ्रेटिस नदीसम्म फैलिएको इजरायली क्षेत्रको परिकल्पना गर्दछ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार