ट्रम्प किन भए ‘यु टर्न’ ? के अब इरान युद्ध सकिन्छ ?

अन्तराष्ट्रिय

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ‘तेहरानसंगको वार्ता सकारात्मक’ भएकाले हाललाई पाँच दिनका लागि इरानको विद्यिुत केन्द्र र उर्जा पूर्वाधारमा आक्रमण स्थगित गर्ने घोषणा गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल एक्समा एउटा पोष्ट गदैृ ट्रम्पले भनेका छन् ‘मलाई यो जानकारी दिन पाउँदा धेरै खुसी लागेको छ की मध्यपूर्वमा हाम्रो इरानसंगको सत्रुतापूर्ण सम्वन्ध समाधानका दिशातर्फ उन्मुख छन् र वार्ता सकारात्मक छन् ।’

ट्रम्पले शनिबार इरानलाई चेतावनी दिदै भनेका थिए ‘अबको ४८ घण्टा भित्र हर्मुजको जलडमरु सबैको लागि खुला नगरे, अमेरिकाले इरानको उर्जा तथा विद्युत केन्द्र ध्वस्त बनाउनेछ ।’ उनले दिएको सो ४८ घण्टाको समयसीमा सकिन केही घण्टा मात्र बाँकी हुँदा ट्रम्पको यस्तो भनाई आएको हो ।

उता इरानले आफ्नो उर्जा तथा विद्युत केन्द्रमा आक्रमण गरे मध्यपूर्वमा अमेरिकी साझेदार रहेको सबै देशको उर्जा पूर्वाधार खरानी बनइने जवाफ फर्काएको थियो । दुवै देशका आपसी धम्कीले मध्यपूर्वमा त्रास बढाएको र एशियाली देशमा तेलको मूल्य अझै आकासिने सम्भावना थियो । तर, अमेरिकी राष्ट्रपतिको पछिल्लो भनाईले अब युद्ध रोकिन्छ कि भन्ने आश पलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार