
तेहरान, ११ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ‘सार्थक वार्ता’ गर्ने भनाईले मध्यपूर्वको शत्रुतापूर्ण युद्धको अन्त्य हुने झिनो आशा पलाएको छ । तर इरानले तत्काल कुनै नहुने भनाइले ट्रम्पको भनाईलाई चिसो पानी खन्याए पनि वार्ताका लागि सानो झ्याल अझै खुला रहेको संकेत गरेको छ ।
यो त्यही झ्याल हो जुन गत वर्ष फेब्रुअरी र जुनमा इरानमाथि अमेरिकी समर्थित इजरायली आक्रमणले चकनाचुर पारेको थियो । अर्को चरणको वार्ता गर्ने भनेर उठेका अमेरिका र इजराइलले एक्कासी इरानमाथि आक्रमणको श्रृङ्खला थालेपछि शत्रुतापूर्ण सम्वन्ध अन्त्य हुने आशा निरासामा परिणत भएको थियो ।
पघिल्ला छलफलहरूमा दुई प्रमुख वार्ताकारहरू इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी राजदूत स्टीव विटकफ बीच केही कुराकानी भएको भनिएको छ। तर यी वार्तालापहरूलाई धेरै प्रारम्भिक रूपको रहेको बताइएको छ ।
‘अमेरिकी राष्ट्रपतिका वाताका नाटक ऊर्जा मूल्य घटाउने र उनको सैन्य योजनाहरूको कार्यान्वयनको लागि शक्ति संचयको प्रयासको अंश हुन्,’ इरानको विदेश मन्त्रालयको भनाई छ ।
यो अन्य पर्यवेक्षकहरूले पनि साझा बुझाई हो, जसले अमेरिकीलाई तेलको मूल्य घटाउन, स्टक बढाउन र विश्वभर आर्थिक झट्का निम्त्याउन अवसर दिने खतरनाक ज्वाला भएको बताइन्छ ।
ट्रम्प अझै पनि भेनेजुएलामा जस्तो खेल खेल्ने दाउमा छन् । उनी डेल्सी रोड्रिगेजको इरानी संस्करणको खोजीमा छन् । एक शक्तिशाली तर व्यावहारिक नेता जसलाई उनी आफ्नो इच्छामा झुकाउन सकुन ।
यस युद्धको सुरुवाती दिनहरूमा, उनले भेनेजुएलालाई इरानको लागि ‘उत्तम परिदृश्य’ भनेर वर्णन गर्थे। तर ट्रम्प भेनेजुयलामा सफल भए पनि इरानमा धोका खाए । यो पाँच दशकमा इरानी कट्टरपन्थीले सुधारवादीहरूलाई किनारा लगाएर र असहमतिलाई दबाएर आफ्नो अस्तित्व सुनिश्चित गर्न परिष्कृत र कडा बनाइएको थियो।
तर ट्रम्प अझै पनि इस्लामिक गणतन्त्रमा एक ‘शीर्ष व्यक्ति’ सँग व्यवहार गरिरहेको बताउछन् । इजरायली मिडियाकाअनुसार ट्रम्पले ‘शिर्ष व्यक्ति’ भनेका र नाम नखुलाएका व्यक्ति मोहम्मद–बाघेर गालिबाफ हुन्।
उनले इरानको संयन्त्रमा प्रहरी प्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९क्ष्च्न्ऋ० मा वायुसेनाका कमाण्डर, साथै संसदका सभामुख सहित प्रमुख भूमिका खेलेका छन्।
उनी राष्ट्रपतिको दौडमा चार पटक असफल भए पनि फेब्रुअरीमा परिवर्तनको लागि आह्वान गर्दै देशभर सडकमा निस्केका इरानीहरूलाई ‘शत्रु र आतंककारी’ बिल्ला भिडाएर दवाउन भूमिका खेलेका थिए ।
तर ट्रम्पको संसारमा, गालिबाफ एक शक्तिशाली व्यक्ति हुन् जसले सम्भवतः इरानको सुरक्षा र राजनीतिक प्रतिष्ठानहरू बीचको विभाजनलाई कम गर्न सक्छन्।
स्रोतहरू भन्छन् कि गालिबाफसँग वार्ता सुरु गर्ने अप्रत्यक्ष प्रयासहरू भएका छन् तर अझै पनि कुनै आधिकारिक वा सार्वजनिक संकेत छैन ।
इरानको लागि वार्ता अझै पनि अत्यधिक जोखिमपूर्ण छ किनकि इजरायलले एक पछि अर्को शीर्ष अधिकारीहरूको हत्या गरिरहेको छ । जसमा कट्टरपन्थी सुरक्षा प्रमुख अली लारिजानी पनि हुन् । जसले इरानी प्रणालीलाई भित्रबाट बुझ्दथे । यदी गम्भीर वार्ता सुरु भएमा उनलाई सम्भावित मध्यस्थकर्ताको रूपमा हेरिएको थियो ।
गालिबाफलाई पनि उनीजस्तै कट्टरपन्थी मध्ये एक मानिन्छ । जसले अब निर्णय प्रक्रियामा प्रभुत्व जमाउँन सक्छन्। लारिजानीको हत्या पछि, उनलाई अब चासोको साथ हेरिएको छ जसले कुनै दिन सम्झौता गर्न सक्छन्।
