ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

banner

काठमाडौं, ११ चैत । काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सांसद केसीलाई शपथ ग्रहण गराएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार