
वासिंगटन, ११ चैत । राष्ट्रपति ट्रम्पले इरानलाई पठाएको १५(बुँदे योजना सार्वजनिक भएको छैन । तर इजरायली र अमेरिकी मिडियामा केही विवरणहरू सार्वजनिक भएका छन्।
इजरायलको च्यानल १२ ले दिएको समाचारमा योजनामा निम्न मागहरू समावेश छन् ः
– नातान्ज, इस्फहान र फोर्डोमा रहेका आणविक सुविधाहरू प्रयोगबाट हटाउने तथा नष्ट गर्नु पर्ने
– इरानमा गतिविधिहरूमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पारदर्शी ढंगले निरिक्षण गर्ने
–इरानले मध्यपूर्वमा सशस्त्र समूहकोहरूको प्रयोग त्याग्नु पर्ने र त्यस्ता समूहलाई हतियार बजेट दिन बन्द गर्नु पर्ने ।
– पहिले नै संचित भइसकेका आणविक क्षमताहरूको नष्ट गर्ने
– आणविक हतियार प्राप्त गर्न कहिल्यै प्रयास नगर्ने प्रतिबद्धता
– इरानी माटोमा कुनै पनि आणविक सामग्री बिकास गरिने छैन, र सबै विकास भइसकेका सामग्री क्ष्ब्भ्ब् लाई हस्तान्तरण गर्नु पर्ने
–होर्मुज जलडमरूमलाई ूमुक्त समुद्री क्षेत्रू घोषणा गर्नु पर्ने
– इरानका क्षेप्यास्त्रहरू भविष्यको निर्णयको अधीनमा हुनेछन्, । ती सीमित दायराका हुनु पर्ने । त्यो केवल आत्मरक्षाका लागि मात्र प्रयोग गर्न पाइने छन् ।
यसबाट इरानले के प्राप्त गर्छ ?
– बिजुली उत्पादनको लागि बुशेहरमा नागरिक आणविक परियोजना विकास गर्न अमेरिकी सहयोग
– सबै प्रतिबन्धहरू हटाउने
– प्रतिबन्धहरू नवीकरण गर्ने खतरा हटाउने
– सम्भावित छलफल हुँदा एक महिना लामो युद्धविराम
