banner

काठमाडौं, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित नयाँ भवनमा शपथ कार्यक्रममा सहभागी हुन पुगेका कतिपय सांसदहरूले भवनको ढोकामा पुगेर ढोगेर मात्रै भित्र पसेका थिए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।
