
काठमाडौं, १२ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत १२) दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १४.२१ अंकले बजार बढेर २९५०.१६ विन्दुमा बन्द भएको हो ।
३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार कित्ता एक लाख ४२ हजारपटकमा किनबेच हुँदा १३ अर्ब १६ करोडको कारोबार भएको छ । अघिल्लो दिन १५ अर्ब नौ करोडभन्दा बढीको कारोबार भएको थियो ।
नेप्सेका अनुसार, १७८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको मूल्य घट्यो । यस्तै, आठ कम्पनीको स्थिर रह्यो ।
आज रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, होटेल फरेस्ट इन, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
१३ वटा उपसूहमध्ये विकास बैंक, जीवन बिमा र कारोबार समूहबाहेक सबैको परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १५६.५३ अंकले बढेको छ ।
