आज राम नवमीका दिन यी तीन राशी मालामाल

धर्म/ज्योतिष

आज बिक्रम सम्वत २०८२ साल चैत महिनाको १३ गते शुक्रबार, तदनुसार २७ मार्च २०२६, नेपाल सम्वत ११४६ चौलाथ्व । सूर्य उत्तरायण, बसन्त ऋतु, चैत्र शुक्लपक्ष नवमी तिथि । आज नक्ष – आद्र्रा, योग अतिगण्ड, करण – कौलव, चन्द्रराशी – मिथुन । आज रामनवमी

आजको राशीफल

मेष – साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। पेसा–व्यवसायमा मनग्य लाभ मिल्नेछ। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

बृष – स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने सहयोगीहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। वादविवादले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ।

मिथुन – रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने अभिव्यक्ति कलामा पनि निखारता आउनेछ। प्रशंसकहरू पनि बढ्नेछन्।

कर्कट – व्यवसायमा लगानी बढाउने समय छ। आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष भेटघाट र उपहारले मन आनन्दित हुनेछ।

सिंह – मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। तर ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। मध्याह्नपछि आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।

कन्या – तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। राम्रो उपलब्धि पाइनेछ। छोटो समयमा कामको प्रतिफल हातलागी हुनेछ।

तुला – चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नपछि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुने समय छ।

बृश्चिक – अरूका लागि समय खर्चनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर दाम कमाउने बेला छ।

धनु – प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। दिउँसोदेखि अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। सानोतिनो समस्याले पनि अल्झाउन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर – परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। मध्याह्नपछि व्यवसायमा लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। स्रोतसाधन जुट्नाले उत्साह जाग्नेछ।

कुम्भ – मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै अवसर प्राप्त गर्न सकिनेछ। मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ।

मीन – हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। पढाइलेखाइमा प्रगति हुनुका साथै प्रतिभाको कदर हुनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार