बलेनको सपथमा किन गएनन् ओली ? यस्तो रहेछ कारण !

banner

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए । शुक्रबार (चैत १३) शीतलनिवासमा आयोजित समारोहमा उनी देखिएनन् ।

ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए । पिता मोहनप्रसादको आशौच बारेका ओली हाल सेतो वस्त्रमा छन् ।

उनले सोही कारण आफू उपस्थित नहुने जानकारी गराएका राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । ‘उहाँ (केपी ओली)ले आफू आउन चाहेको तर पिताको आशौच बारेकाले आउन नसक्ने जानकारी गराउनुभएको थियो,’ राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई भने शपथ समारोहमा सहभागी भए । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हाल विदेशमा भएकाले शपथ समारोहमा अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार