कला/साहित्य

काठमाडौं, १३ चैत । बलिउड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ ।
चैत १९ देखि २३ सम्म हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अन्तरक्रियात्मक कार्यक्रममा निर्देशक सिप्पी र हमालबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए ।
निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे यी दुईबीचको संवाद कार्यक्रम तय भएको आयोजकको प्रेस नोटमा उल्लेख छ ।
