
काठमाडौं, १४ चैत । आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।
यसैक्रममा अहिले जनसंगठनका नेता कार्यकर्ताले काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वरतर्फ बढेका छन् । यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनको कारण अहिले गाडीसमेत अवरोध भएको छ ।
प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा प्रदर्शनकारी अघि बढेका छन् ।
