पूर्वमन्त्री दीपक खड्का पक्राउ

banner

काठमाडौं, १५ चैत । पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उनको घरमा रकम भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार