
बर्दिवास, ३० चैत । नयाँ वर्ष २०८३ को स्वागतमा मानिसहरू रमाउदै गर्दा गृहमन्त्री सुदन गुरुङ भने केही व्यक्ति पक्राउ गर्न दौडधुप गरिरहेको पाइएको छ । उनी कानुनमन्त्री सोविता गौतमलाई लिएर प्रहरी प्रधान कार्यालय पुगेको खबर बाहिरिएको छ ।
पूर्वजानकारी नदिई उनीहरू पुग्दा अन्यत्र काममा रहेका प्रहरी अधिकारी पनि त्यहाँ पुगेका छन् । स्रोतका अनुसार केही व्यक्तिको पक्राउलाई कानूनसम्मत बनाउने गरी प्रहरीलाई काम लगाउने विषयमा उनीहरू कुरा गर्दैछन् ।
प्रहरी प्रमुख निवास पुग्नुअघि गृहमन्त्री गुरुङले अख्तियार प्रमुख प्रेम राईलाई भेटेका थिए ।
प्रहरी निवास पुग्दा गुरुङले एक्लै प्रहरी प्रमुखलाई भेट्दा कानून मन्त्री गौतम बाहिर चौरमा थिइन् । उनी केही समय चौरमै बसेर फर्किएको प्रहरीस्रोतले जनायो ।

