रामगोपालपुर –२ मा एमाले नेता सरोज यादवप्रति देखिएको क्रेज (भिडियोसहित)

banner

बर्दिवास, १० मंसिर । रामगोपालपुर नगरपालिका वडा –२ को ब्रह्मस्थान नजिकै एक महिला सडकमा धानका पाँजा उठाउदैं थिइन्, सोहि बाटो हिडदै गरेका पत्रकाले उनलाई सोधे – अहाँले नाम कि हैं ? (तपाईको नाम के हो ?) उनले जवाफ दिईन् – चम्कावाली । पत्रकारले सोधे अही वाडले भोट होव जारहल है अहाँके कि पता है ? (यो वडामा उपनिर्बाचन हुँदैछ भन्ने के थाहा छ ?) उनले भनिन् ‘ हंँ पता है ।’ अई बेर भोट ककरा देवै ? (यसपटक भोट कसलाई दिने ?) उनले थपिन ‘सरोज के’ (सरोजलाई) । सरोज कुन पार्टीको हो, चुनाव चिन्ह के हो भन्ने प्रश्नमा भने उनी अकमकाइन् ।

– पत्रकारहरू मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका सरोज कुमार यादवको घर पुग्दा, उनको घर अगाडि सडकमा हो–हल्लाजस्तो थियो । एक महिला चिच्याउँदै फलाकी रहेकी थिइन । केही मानिस उनलाई त्यहाँबाट अन्यत्र जान भन्दै थिए । केही बेरमा ती महिला मन्त्री सरोजको निवासमा छिरिन र सबैका सामु भनिन् ‘हम्रा घरमा दु गो भोट है । एक गो भोट तोरा देवै दोसर ओकरा देवै । हम मुहे पर कह आइल छि ।’ (मेरो घरमा दुइटा भोट छन् एउटा भोट तँलाई दिन्छु र अर्को त्यसलाई दिन्छु । यो कुरा म मुखैमा भन्न आएकी ।) त्यसलाई भनेको को हो ? भन्ने उनले नखुलाए पनि उनको संकेत माओवादी उम्मेदवारतिर थियो । उनले थपिन् ‘ हम्रा बेटा के छुटा देलाहा ओकरा गुन मनैछियै, मुदा तोरा घर में जते भोज, पूजा भेल ओइमे हमरा नई बजैलाहा हमरा दुःख है ।’ ( मेरो छोरालाई छुटाइ दिइस्, त्यो ममाथि गुण लगाएको मान्छु । तर तेरो घरमा जति भोज, पूजा लगाइयो मलाई बोलाइएन दुःख लाग्या छ ।)

यी दुई प्रतिनिधि घटना हुन् । यी दुई घटनाले उपनिर्बाचन हुन लागेको रामगोपालपुर –२ को समग्र चुनावीस्थितिलाई प्रष्ट पार्छ । सो वडाको समग्र चक्कर लगाउँदा एमालेलाई भोट दिन लागेकाहरू अधिकांशले भोट कसलाई दिनुहुन्छ ? भनेर प्रश्न गर्दा ‘सरोजलाई’ भन्ने उत्तर दिन्छन् । मानौं उनै वडाध्यक्षका उम्मेदवार हुन् । जबकी उनी एमाले केन्द्रीय सदस्य, सो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद, मधेश प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री हुन् । तर सो वडाका अधिकांशले एमाले भनेका उनै सरोज हुन् र एमालेलाई भोट दिनु भनेको सरोजलाई भोट दिनु हो भन्ने बुझाई रहेको पाइन्छ ।

हुन पनि सो वडामा हिडने जो कोहीले गाउँको भित्री सडक ढलान, पालिकादेखि पालिका जोड्ने सडक कालोपत्रे भएको देख्न सक्छ । यो कालोपत्रे र ढलान कसले गरेको हो ? भन्दा विपक्षीले पनि सरोज यादवको नाम लिन्छन् । बिनाकुमारी ठाकुर, रामइश्वर महतो, अजिम खाँ, मेहरुल खातुन, रफुबुल नेसा, रजउद्दिन खाँ, फुलगेन खातुन सबैको एउटै स्वर छ – यस पटक सूर्य चिन्हमै भोट हाल्ने र विकासका अधुरा काम पुरा गराउने ।

एमाले उम्मेदवारसमेत रहेका सकिबुल खाँसमेत सरोज यादवकै सक्रियताका कारण यस पटक आफू जित्नेका विश्वस्त रहेको बताउँछन् । उनी आफू पहिल्यैदेखि एमालेको कार्यकर्ता भए पनि गत निर्वाचनमा टिकट नदिएको झोंकमा जसपाका तर्फबाट उम्मेदवार भए पनि आश्वासनअनुसार सो पार्टीले सहयोग नगरेकाले पश्च्याताप लागेको बताउँछन् । उनले भने ंकमा जसपाका तर्फबाट उम्मेदवार भए पनि आश्वासनअनुसार सो पार्टीले सहयोग नगरेकाले पश्च्याताप लागेको बताउँछन् । उनले भने ‘मैले क्षणिक आवेगमा आएर बर्षैदेखि पसिना वगाएको पार्टी एमाले छोडेर गल्ती गरें । तुरुन्तै भूल स्वीकार गरेर एमालेमा फर्किएँ । मेरो भाग्य भनौं वा एमालेमा रहिरहने साथीको ठूलो मन् । अघिल्लो पटक मैसंग एमाले भएर प्रतिस्पर्धा गर्ने साथीले यसपटक मलाई उम्मेदवारका रूपमा मलाई प्रस्ताव गर्नुभयो र सरोजजीले स्वीकार गर्नुभयो ।’

अघिल्लो पटक ३४२ मत आफ्नै बलबुताबाट प्राप्त गरेको बताउँदै उनले अघिल्लो पटक टेंगरबाट आफूले एक मत पनि प्राप्त नगरेको जनाए । उनले यसपटक मुस्लिम बहुल गाउँ मोहनपुरमा मत संख्या बढ्ने र हिन्दुबहुल टेंगरको मतसमेत प्राप्त गर्ने भएकाले जित हुनेमा ढुक्क रहेको सुनाए । सकिबुलकाअनुसार अघिल्लो पटक यादवहरूको एकमुष्ट मत मुकेश यादवलाई परेको र दास तथा कोइरीसमुदायको मत पनि अधिंकांश उनैलाई प्राप्त भएको थियो । उनले यसपटक स्थिति उल्टिएको दावी गरे ।

सकिबुलजस्तै एमाले जिल्ला नेता जितेन्द्र पासवानको पनि विश्लेषण छ । पासवानले सो वडामा सरोज यादव र रामगोपालपुर नगरपालिकामा एमालेको मेयर, उपमेयरसहित बहुमत रहेकाले पनि चुनावमा प्रभाव परेको बताए । स्थानीय जनतालाई पार्टीभन्दा विकास चाहिएको छ, त्यो विकास यहाँ एमालेले गरेको छ । त्यसैले एमालेको जित सुनिश्चित रहेको उनले सुनाए । यद्यपी सो वडामा त्रिपक्षीय महासंग्राम रहेको युवा लालबाबु महतोले जानकारी दिए । उनकाअनुसार एमालेका सकिबुद खाँ, माओवादीकी आइतीकुमारी यादव र कांग्रेसका जनिफ खाँबीचको टक्कर रहेको आफूले परिवारबाट थाहा पाएको उनले बताए । आफू रोजगारीको शिलशिलामा भारतको तमिलनाडुमा धेरै वर्ष विताएर केही दिनअघि मात्र आएकाले धेरै जानकारी नरहेको उनको कथन थियो ।

हेर्नुहोस् भिडियो –

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार