
काठमाडौं, २९ माघ । नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय सुधार आएको छ । विशेषगरी नवजात शिशुको मुत्यु हुनेदरमा विगतको दश वर्षमा उल्लेखनिय सुधार आएको हो । हालै सार्वजनिक भएको राष्ट्रिय तथ्यांक कार्यालयको‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२’को प्रतिवेदनले नवजात शिशुको मृत्युदरमा दश वर्ष यताकै सुधार आएको देखाएको छ ।
यो प्रतिवेदनले अनुसार अहिले नेपालमा प्रति १ हजार जीवित जन्ममा १७ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। यता स्वास्थ्य तथा जनसंख्याले हरेक पाँच बर्षमा गर्ने सन् २०२२ मा सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ९एनडीएचएस० प्रतिवेदनले प्रति १ हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुने गरेको देखाएको थियो। यो दुबै प्रतिवेदनको तथ्याङकलाई हेर्दा नेपालमा बालमृत्युदरमा सुधार आएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयको‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२’को प्रतिवेदनले ग्रामीण क्षेत्रमा नवजात शिशुको मृत्यु १९ र सहरी क्षेत्रमा १६ देखाएको छ। सन् २०२२ मा सार्वजनिक एनडिएचएस प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा नवशिशु मृत्यु २५ र शहरी क्षेत्रमा १९ थियो।यसले गर्दा ग्रमिण क्षेत्रमा पनि नवजात शिशुको मृत्युदरमा सुधार आएको छ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र नवजात शिशु मृत्युदर १२ मा झार्ने लक्ष्य रहेको थियो तर पछि नेपालले उक्त लक्ष्यलाई संशोधन गर्दै १६ बनाएको छ। तर हालै सार्वजनिक भएको बहुसूचक सर्वेक्षण २०८१–८२’को प्रतिवेदन अनुसार भने यही तरिकाले गए सरकारको सन् २०३० सम्म नवजात शिशु मृत्युदर १६ मा झार्ने लक्ष्यमा अघि बढी रहेको पनि देखिएको छ।
नवजात शिशु भन्नाले जन्मेको २८ दिन भित्रका बच्चालाई बुझ्नुपर्छ। २८ दिनभन्दा केही माथिका शिशु ९पोस्ट नियोनेटल०को मृत्यु भने नेपालमा प्रति एक हजार जीवित जन्ममा १० रहेको छ। यो आधारमा हेर्दा नेपालमा शिशु मृत्युदर ९नवजात शिशु र पोस्ट नियोनेटल मृत्यु० प्रति एक हजार जीवित जन्ममा २७ रहेको देखिन्छ।
तर किन बढ्यो सुदूरपश्चिम प्रदेशमा बालमृत्युदर
चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२’को प्रतिवेदनले देशभरको बालमृत्युदरमा सुधार आएपनि प्रदेशगत रूपमा हेर्दा नवजात तथा बालमृत्यु दरमा ठूलो असमानता देखिएको छ। नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति १ हजार जन्ममा २६ रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ। यस्तै, शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा ३८ र बागमती प्रदेशमा १७ मात्र रहेको छ।
पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४८ रहेको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको प्रतिवेदनले जनाएको छ। तर केही समय अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक(४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति एक हजार बालबालिकामध्ये ४० जना बालबालिकाले आफ्नो पाँचौँ बर्षको जन्मदिन मनाउन नपाउने देखाएको थियो।
तर हाल चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२’को प्रतिवेदनले भने लुम्बिनी प्रदेशमा भन्दा सुदुरपश्चिम प्रदेशमा जीवित जन्मेका प्रति एक हजार बालबालिकामध्ये ४८ जना बालबालिकाले आफ्नो पाँचौँ बर्षको जन्मदिन मनाउन नपाउने देखाएको छ। समग्र देशभरको बालमृत्युदर घट्दा किन सुदुरपश्चिममा झन् बालमृत्युदर बढी रहेको छ भन्ने प्रश्नमा लामो समय सुदुरपश्चिम प्रदेशको मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा काम गरेका स्वास्थ्य मन्त्रालयका पुर्व बरिष्ठ जनस्वास्थ्य अधिकृत डा गुणराज अवस्थिले भने ‘बाल बिवाह, सुदूरपश्चिम प्रदेशमा नवजात शिशु र सुत्केरी भएको बेला महिला लाई नछुने अत्यन्तै अमानवीय व्यवहार पनि नवजात शिशुरबाल मृत्यु को प्रमुख कारण हरु मध्ये एक हो’।
स्वास्थ्य मन्त्रालयले बालस्वास्थ्यको क्षेत्रमा गर्ने बेला(बेलाको केही अध्यनहरुले नेपालमा नवजात शिशुको मृत्युको प्रमुख कारण संक्रमण रहेको देखाउदै आएको छ।
त्यस्तै स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढ्दै गए पनि अझै पनि घरमै सुत्केरी हुने प्रवृत्ति कायम रहेकाले संक्रमणको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। साथै, जन्मँदा कम तौल, समयअघि नै जन्मिनु, श्वासप्रश्वासमा समस्या ९निस्सासिनु० र सिताङ्गजस्ता कारणले पनि नवजात शिशुको मृत्यु हुने गरेको हुँदा यस क्षेत्रमा अझै काम गर्नु पर्ने विज्ञहरुले बताउदै आएका छन।
२४ प्रतिशत बालबालिका लिखुरे, साढे ३१ प्रतिशत पुड्को
यता बालस्वास्थ्य, पोषण तथा विकासतर्फ पनि चुनौती कायमै रहेको देखिन्छ। सर्वेक्षण प्रतिवेदनले ५ वर्षमुनिका बालबालिकामध्ये उमेरअनुसार तौल कम भएका बालबालिका (लिखुरे) २४.३ प्रतिशत र उचाइ कम हुने बालबालिका ९पुड्को०को हिस्सा ३१.५ प्रतिशत रहेको देखाएको छ ।
यस्तै उचाई अनुसार तौल कम हुने बालबालिका ९ख्याउटे०को प्रतिशत ७।६ रहेको छ भने उचाई अनुसार तौल बढी हुने बालबालिकाको हिस्सा २।६ प्रतिशत रहेको छ ।
सर्वेक्षणले उमेर अनुसार लिखुरे बालबालिका सबैभन्दा बढी ३३।२ प्रतिशत मधेश प्रदेशमा रहेको देखाएको छ । लुखुरे बालबालिका सबैभन्दा कम ९।६ प्रतिशत बागमती प्रदेशमा रहेको देखिन्छ ।
विशेषगरी ग्रामीण क्षेत्र र दुर्गम प्रदेशहरूमा बालमृतु र कुपोषणको अवस्था गम्भीर रहेको विज्ञहरूले बताएका छन्।
