उपत्यकासहित केही जिल्लामा अब ‘वर्क फ्रम होम’ को नियम लागु

समाचार

yubaraj khatiwada UhcZ2WNNHY

काठमाडौं । सरकारले उपत्यकासहित २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा ‘वर्क फ्रम होम’ को नियम लागू गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सरकारी तथा गैरसरकारी निकायहरु, बैंक, सहकारी, लघुवित्तलगायतका कार्यालयले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने तथा आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित हुने र अन्य कर्मचारीले घरबाटै कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने गरी निर्णय गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले मंगलबार जानकारी दिए ।

त्यस्तो व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार