भारतका प्रख्यात शायर तथा गीतकार इन्दौरीको निधन

कला/ साहित्य

113896913 f9d5e310 03d8 462b ab89 8f5968e3364e

एजेन्सी । भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनी कोरोना संक्रमणका कारण इन्दौरी अस्पतालमा भर्ना भएका थिए ।

भोपालबाट स्थानीय पत्रकार शुरैह नियाजीका अनुसार ७० वर्षीय राहत इन्दौरीको कोरोनाले श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको थियो । उनको निधन हृदयघातबाट भयो ।

इन्दौरीको श्रीअरविन्दो अस्पतालका डाक्टर विनोद भण्डारीले समाचार एजेन्सीलाई बताएअनुसार मंगलबार उनलाई दुई पटक हृदयघात भएकाले बचाउन सकिएन । डा. भण्डारीले उनलाई आइतकार कोरोना पोजेटिभ पुष्टि भएको थियो र उनी ६० प्रतिशत निमोनियाबाट ग्रसित थिए ।

राहत इन्दौरीले मंगलबार बिहान आफैले ट्वीट गर्दै आफू संक्रमित भएको जानकारी दिएका थिए । उनको उमेर ७० वर्षको थियो र उनी सन् १९५० मा जन्मेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार