नेपाली नायिका बस्नेत अब भारतीय टिभि सिरियलमा

कला/ साहित्य

nirisha avt40wZzy4

काठमाडौं । फिल्म ‘जानी नजानी’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री निरिशा बस्नेत फेरि भारतीय सिरियलमा पनि देखिने भएकी छन् । उनी हिस्टोरिकल फिक्सन भारतीय सिरियल ‘तेनाली रामा’मा देखिन लागेकी हुन् । सिरियलमा उनको केमियो भूमिका रहेको छ । जसको छायाँकन उनले सकाइसकेकी छन् ।

सिरियलमा आफ्नो भूमिका केमियो भएपनि बलियो रहेको उनले बताउँदै आएकी छन् । ‘सब टिभी’ प्रसारण हुने बताइएको सिरियल अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । केही पहिले भारतीय चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा अभिनय गरेकी बस्नेतले नेपाली फिल्म ‘जानी नजानी’ समेत अभिनय गरेकी छन् । यो उनको नेपाली डेब्यु फिल्म पनि हो ।

बस्नेत अहिले एक साउथ फिल्ममा अभिनयरत छिन् । लकडाउनका कारण फिल्मको छायाँकन रोकिएको छ । कोरोनाको कहर सामान्य भएपछि उक्त फिल्मको छायाँकन हुने उनले बताइन् । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी बलिउड फिल्म अभिनयका लागि भारतमा संघर्षरत मोडल पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार