पाल्पामा जिप दुर्घटना स् २ जनाको मृत्यु, ६ घाइते

समाचार

Accident Jeep

पाल्पा । निस्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइतेभएका छन् । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले जानकारी दिएका छन् ।

दुर्घटनामा निस्दी ५ गल्धा , पटकसरका ३८ वर्षीय सुमित्रा सारु , ३६ वर्षीय सेरमती सारु , २० वर्षीय लक्ष्मी सारु र ३७ वर्षीय तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल , काफलका २२ वर्षीय विष्णु माया सारु घाइते भएका छन् छ। घाइते सबैको मिशन अस्पतालमा उपचार भइरहेको छ ।

जिप वर्षेयामका कारण बाटो भास्सिएर दुर्घटना भएको निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका वडा सदस्य रनबहादुर गाहाले घटना स्थलबाट बताएका छन् । जिप सडकबाट करिब ७ सय मिटर तल खसेको छ। दुर्घटनापछि चालक र सह चालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार