समाचार
काठमाडौं । देशभर एक सय ८३ जना चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
प्रदेश नम्बर १ मा ८ जना, प्रदेश नम्बर २ मा ७८ जना, बागमती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।