सप्तरीमा १ संक्रमितको मृत्यु

समाचार

Death from corona

काठमाडौं । सप्तरीमा थप १ कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका(८ घर भई राजविराज(६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको हो ।

४ दिनअघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना हुनका लागि एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार