उपत्यकामा १३९ गरी देशभर ४८४ कोरोना संक्रमित थपिए

ब्यानर

corona virus 7Xi2VY1rbR

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी काठमाडौंका रहेका छन् ।

बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार