कोरोनाका कारण बुधबार ८ को मृत्यु, मृत्यु हुनेको जम्मा संख्या ९१ पुग्यो

ब्यानर

corona death

काठमाडौं । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार