भारतीय कांग्रेस पार्टीका प्रवक्ता त्यागीकोे निधन

अन्तराष्ट्रिय

rajib tyagi

एजेन्सी । भारतमा कांग्रेस पार्टीका राष्ट्रिय प्रवक्ता राजीव त्यागीको हृदयघातका कारण अचानक निधन भएको छ । पार्टीको तर्फबाट एक ट्वीट गर्दै यसको जानकारीसहित समवेदना व्यक्त गरिएको छ ।

ट्वीटमा भनिएको छ ‘हामी श्री राजीव त्यागीको आकस्मिक निधनबाट अत्यन्त दुःखी भएका छौं । एक निष्ठावान कांग्रसी र एक सच्चा देशभक्त । यो दुःखको घडीमा हाम्रो समवेदना उनका परिवार र साथीहरुको साथमा छ ।’

कांग्रेस महासचिव प्रियंका गान्धीले पनि ट्वीट गर्दै राजीव त्यागीको असामयिक निधनले अपूरणिय क्षती भएको बताएकी छन् । उनले भनेकी छन् ‘रातीय राष्ट्रिय कांग्रेसका प्रवक्ताको असामयिक निधन मेरो लागि एउटा व्यक्तिगत दुःख हो । हामी सबैको अपूरणिय क्षती हो । राजीवजी विचारधारा समर्पित योद्धा थिए । समस्त उत्तर प्रदेश कांग्रेसको तर्फबाट परिवारजनमा समवेदना । इश्वरले उनको परिवारलाई दुःख सहने शक्ति दिउन ।’

गाजियावादमा निधनभन्दा २ घण्टा पहिले राजीव एकटा टेलिभिजन च्यानलमा बहसमा सहभागि भएका थिए । उनले बुधबार साँझ अन्तिम ट्वीट गरेका थिए जसमा उनले साँझ ५ वजे टिभी च्यानल आजतकमा बहसमा सहभागी हुने कुरा बताएका थिए ।
राहुल गान्धीको अध्यक्षताको कार्यकालमा ३१ सेप्टेम्वर २०१८ मा १० नयाँ पार्टी प्रवक्ता नियुक्त गरेका थिए । तीमध्ये राजीव त्यागी पनि एक हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार