भ्याक्सिनमा शंका गर्नेलाई रुसले दियो जवाफ, पहिलो लट दुई सातामै आउने

अन्तराष्ट्रिय

113914852 832ac0e2 f282 4c88 9bc6 1d3cc6afbe01

एजेन्सी । रुसले कोरोनाको आफ्नो भ्याक्सिनमाथि उठेको अन्तराष्ट्रिय चिन्तालाई खारेज गर्दै यसलाई ‘पुरै निराधार’ बताएको छ । रुसले मंगलबार कोरोनाको भ्याक्सिन बनाएको र यसलाई दुई महिना अभिदेखि मानिसमा परीक्षण गरेरनै स्वीकृति दिएको बताएको थियो ।
तर, जानकारहरूले रुसले यति तिब्रगतिमा भ्याक्सिन बनाएकामा शंका व्यक्त गरे । खासगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकी वैज्ञानिकले यसबाट सतर्क रहन भने ।

त्यसपछि रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधबार रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससंग भने ‘यस्तो लाग्दैछ कि हाम्रा विदेशी साथीहरूलाई औषधि बनाउने प्रतियोगितामा पहिलो हुनुका फाइदा वारे जानकार छन्, अनि उनीहरू यस्तो कुरा गर्दैछन् जुन विल्कुल निराधार छ ।’ रुसी मन्त्रीले यो भ्याक्सिनको पहिलो लट दुई सातामा आउने र सबैभन्दा पहिले यो डाक्टरहरूलाई दिइने बताएका छन् ।

रुसी अधिकारीहरूले अक्टुवर महिनामा ठूलो संख्याका मानिसहरूमा खोप अभियान सुरु गर्ने योजना बनाएको बताएका छन् । रुसले भ्याक्सिन बनाएको घोषणा मंगलबार राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका थिए । उनले भनेका थिए‘हाम्रा वैज्ञानिकले कोरोनाको भ्याक्सिन बनाउन सफल भए, जुन कोरोना भाइरसविरुद्ध कारगर छ ।’ पुटिनले आफ्नी छोरीलाई यो भ्याक्सिन लगाएकोसमेत बताएका थिए ।
भ्याक्सिनमाथि प्रश्न ?

विश्व स्वास्थ्य संगठनले रुसी अधिकारीसंग भ्याक्सिनको समिक्षा गर्न सम्पर्क गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठन अहिले छवटा भ्याक्सिनमा दृष्टि दिइरहेको छ , त्यसमा रुसी भ्याक्सिन पर्दैन, जसको नाम स्पूतनिक भनिएको छ । जुन ६ वटा भ्याक्सिन भनिएको छ, त्यसको अहिले तेश्रो चरणको परीक्षण हुँदैछ । जसमा ठूलो संख्यामा मानिसहरूमाथि परीक्षण गरिन्छ ।
रुसी भ्याक्सिनको विषयमा खासगरी युरोप र अमेरिकाले प्रश्न उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार