साधेपानीमा जिप खस्यो, १ को मृत्यु १० घाइते

समाचार

Accident Jeep 1

मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको जिप बुधबार साधेपानीमा सडकबाट करिब सय मिटर तल खसेको हो ।

जिप खस्दा छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, त्यही गाउँपालिका वडा नम्बर ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नम्बर ९ कालैका रघु विटालु, भक्त लावड, वडा नम्बर ३ कमलराज बुमी र वडा नम्बर ७ ख्यालचका रुपलाल बुढा घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार