प्रदेश २ मा थपिए ३५ जनामा कोरोना संक्रमण

ब्यानर

corona virus 7Xi2VY1rbR

काठमाडौं । प्रदेश(२ मा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३५ जना पर्सा र बाराका हुन् । उनीहरूमध्ये ११ जना महिला रहेका नारायणी अस्पतालले जनाएको छ ।

बुधबार राति परीक्षण गर्दा उनीहरूको नतिजा पोजिटिभ आएको हो । योसँगै पर्सामा संक्रमितको संख्या १ हजार १ सय ४५ पुगेको छ ।

प्रयोगशालाका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । ३५ जना संक्रमित वीरगञ्ज महानगरपालिका र बाराको प्रसौनी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार