कमेडीमा च्याम्पियन विजेता हिमेशले पाए कार

समाचार

himesh panta

काठमाडौं । कमेडीमा आधारित नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले उपहारस्वरुप कार प्राप्त गरेका छन् । गतवर्षको अन्त्यतिर आयोजित अन्तिम स्पर्धाका विजेता पन्तले हाल सो उपहार प्रप्त गरेका हुन् ।

प्रतियोगी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए ।विजेता भएको करिब ६ महिना पछि पन्तले कार उपहार पाएका हुन् ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् । उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने बताइन्छ ।

यसैबीच कमेडी च्याम्यिनको दोस्रो सिजन केही समयपछि सुरु हुँदैछ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईले निरन्तरता पाउने छन् ।
कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्ने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार