कलंकीमा अत्यावश्यक बाहेकका सबै पसल बन्द

समाचार

luckdown

काठमाडौं । कोरोना संक्रमित बढेपछि काठमाडौंको कलंकीका अत्यावश्यकबाहेकका पसल बन्द गरिएका छन् । महानगरपालिकाको वढा नम्बर १४ मा संक्रमित भेटिएका कलंकीका अत्यावश्यकबाहेकका पसल गरिएका हुन् ।

आज बिहानैदेखि प्रहरी प्रशासन, वडा कार्यालय तथा स्थानीय क्लबको समन्वयमा पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएका महानगरी प्रहरी वृत्त कालिमाटीका डिएसपी रुँगम कुँवरले बताए ।

खाद्यान्न, पानी, औषधिका पसल भने बन्द नगर्न भनेको उनले बातए । वडा नम्बर १४ मा २५ भन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार