प्रेस पास नवीकरण स्थगित

समाचार

press pass

काठमाडौं । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि गरेको छ । विभागले बिबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो ।

प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था भएको र त्यो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र त्यस सम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार