राजधानीमै छैन सामुदायिक क्वारेन्टिन

स्थानिय खबर

quratine

काठमाडौं । दुरदराजमा रहेका स्थाीय तहहरुले समयमै क्वारेन्टिन बनाई विशेशबाट फर्केकाहरुलाई राख्ने ब्यबस्था गरिरहँदा संघिय राजधानी समेत रहेको काठमाडौमा क्वारेन्टिनको अभाब भइरहेको छ । स्थानीय तहहरुले त्यस तर्फ ध्यान नदिदा सो समस्या देख्न थालिएको हो ।

उपत्यकामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । तर,कोरोना संक्रमितलाई राख्ने क्वारेन्टिन ,आइसोलेसन सेन्टरको भने अभाब देखिएको छ ।
काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहले क्वारेन्टिन बनाएका छैनन् । सरकारले पटकपटक भन्दा पनि उपत्यकाका स्थानीय तहले अटरे गरेका छन् । उनीहरु बरु उपत्यकाका प्रवेश गर्ने नाका सिल गर्न लबिङ गर्दै हिँडेका छन् ।

संघीय राजधानीसमेत भएकाले उपत्यकालाई पूर्ण रुपमा नाका सिल गर्न सम्भव नभएको स्थानीय प्रशासनका अधिकारीहरु बताउँछन् । बरु अत्यावश्यक कामले उपत्यका बाहिरबाट आउनेहरुलाई ५–७ दिन क्वारेन्टिन गर्ने र परीक्षण गरेर मात्र समुदायमा जान दिन उपयुक्त हुने विज्ञहरु बताउँछन् ।

बुधबार मात्र १३९ जनामा संक्रमण पुष्टि भएको छ । तर कोरोना संक्रमितहरुलाई राख्न सरकारले तोकेका उपत्यकाका कोभिड विशेष अस्पतालहरु संक्रमितले भरिसकेका छन् । संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइलेसनमा राख्ने व्यवस्था पनि गरेको छ । मापदण्डअनुसार होम आइसोलेसनमा बस्न जहाँ स्नानघर र शौचालय भएको छुट्टै कोठा उपयुक्त हुन्छ । यदि स्नानघर र शौचालय सामूहिक प्रयोग गर्ने हो भने पटकपटक डिसइन्फेसक्न गर्नुपर्छ । दीर्घरोगी, जेष्ठ नागरिक, गर्भवतीहरुबाट टाढा रहनुपर्छ ।

तर सरकारले तोकेका यस्ता मापदण्ड पूरा गरेर होम आइलोसेनमा बस्न सक्नेहरु निकै कम छन् । किनकी उपत्यकामा एउटारदुईवटा कोठा वा फ्याट भाडामा लिएर बस्नेहरुको संख्या धेरै छ, जहाँ परिवारका अरु सदस्यसँग अलग भएर बस्न गाह्रो छ ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार अस्पतालमा भर्ना गर्नु नपर्ने, तर होम आइसोलेसनमा बस्न पनि नसक्नेहरुका लागि सामुदायिक आइसोलेसन उपयुक्त विकल्प हुनसक्छ ।

कोरोना संक्रमणको संख्या बढेर अस्पतालमा राख्ने ठाउँ नभएपछि धेरै स्थानीय तहले बनाएको क्वारेन्टिनस्थललाई नै आइसोलेसन बनाइएको छ । काठमाडौं उपत्यकामा पनि यो अभ्यास गर्न सम्भव छ । स्थानीय तहहरुले क्वारेन्टिन स्थल नै नबनाएकाले समस्या उत्पन्न भएको छ । देशकै सबैभन्दा धनी स्थानीय तहका रुपमा रहेको काठमाडौं महानगरपालिकाको आफ्नो क्वारेन्टिन छैन । ललितपुर महानगरसहित उपत्याकाभित्रका अरु नगरपालिकाले पनि क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएका छैनन् । सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले व्यवस्थित क्वारेन्टिन तथा आइसोलेसन सञ्चालन गर्न संघ सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार