थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये देशभर ४६६ जना होम क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा १०९ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १६ हजार ८३७ जना निको भएको उनले जानकारी दिए ।

बिहीबार ९ हजार ८५९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ लाख ८३ हजार २८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर १४ हजार ७६९ जना देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार