कारोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

ब्यानर

death AlDQPlBINT

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा महोत्तरीका ५७ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीय महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार