हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौं आएका मेयरमा देखियो कारोना

समाचार

corona virus 7Xi2VY1rbR

जनकपुरधाम । पर्सागढी नगरपालिकाका प्रमुखमा कोरोना भाइरस (कोभिड(१९)पोजिटिभ देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवमा कोरोना पोजिटिभ देखिएको हो ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका यादवले नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनी थप उपचारका लागि २६ साउनमा हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार