यी स्थानमा हुदैछ भारी वर्षा

समाचार

mausam gGUiMM7KAQ

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी प्रदेश, प्रदेश(५, र कर्णाली प्रदेशका १र२ स्थानमा भने भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।

त्यस्तै, आज राति धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश(१, बागमती प्रदेश, प्रदेश(५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागद्वारा जारी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार भोलि दिउँसो सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, प्रदेश(५ , कर्णाली र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार