सिन्धुपाल्चोक पहिरो अपडेट ःउद्धारमा कठिनाई

ब्यानर

Pahiro

सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदि पहिरो पिडितको उद्धारमा समस्या देखिएको छ । माथिबाट पहिरो बगिरहेको र सेना प्रहरी पुग्न ढिलाई हुँदा उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्षय होम नारायण श्रेष्ठले जानकारी दिए ।

प्रहरीको टोलिले उद्धारको तयारी गरिहेको छ । साथै सेनकोे टोलि पैदल हिड्दै घटनास्थलमा आएउँदै गरेको जानकारी प्रप्त भएको श्रेष्ठले जानकारी दिए । शुक्रवार बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेका छन् । पहिरोमा गम्भिर घाइते भएका पाँच जनालाई चौतारा अस्पताल पुर्याइएको छ । साथै ३६ जना बेपत्ता रहेको श्रेष्ठको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै रेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार