सभामुख सापकोटा पहिरो निरिक्षण गर्न सिन्धुपाल्चोकमा

ब्यानर

sindhupalchok

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् ।

सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।
टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने उनले बताए । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको उनले बताइन् ।

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार