सिन्धुपाल्चोक पहिरो अपडेटः३८ बेपत्ता,५ घाइते(नामावली सहित )

ब्यानर

sindhupalchok bepta

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ ।

sindhupalchok bepta 1

३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार